२५ जेठ २०८३, सोमबार

क्यान्सर रोगी चौलागाईको उपचारार्थ कात्तिके–देउराली समाज कोरियाको सहयोग

मंसिर १७, २०७४
क्यान्सर रोगी चौलागाईको उपचारार्थ कात्तिके–देउराली समाज कोरियाको सहयोग

काठमाडौं, १७ मंसिर — प्राणघातक रोग क्यान्सरबाट पीडित चौरीदेउराली गाउपालिका–६ का कृष्णप्रसाद चौलागाईको उपचारार्थ कात्तिके देउराली समाज दक्षिण कोरियाले आर्थिक सहायता प्रदान गरेको छ । समाजकातर्फबाट समाजका कोषाध्यक्ष सुमन गौतमले विरामी चौलागाईलाई उनकै निवासमा पुगेर २ लाख २१ हजार पाँच सय रुपैया हस्तान्तरण गरेका हुन ।

लामो समयदेखि सिभिल अस्पतालमा क्यान्सरको उपचार गराइरहेका चौलागाईले कमजोर आर्थिक अवस्थाका कारण उपचारमा कठिनाई आइपरेको भन्दै सहायताका लागि अपिल गरेपछि समाजले उनको उपचारको सहयोगार्थ कोरियामा अभियान नै चलाएको थियो । 

‘आर्थिक अवस्थाका कारण उपचारमा समस्या आएको थाहा पाएपछि म्यासेन्जर गुप मार्फत हामीले सहयोग अभियान चलाएका थियौ’ समाजका सकृय अभियान्ता राजेन्द्र दुलालले भने–‘रोग सबैलाई लाग्छ तर आर्थिक अवस्थाका कारण नै उपचार नरोकियोस भनेर हामीले अभियान चलाएकोमा धेरै साथिहरुले उत्साहजनकरुपमा सहयोग संकलनमा साथ दिनुभयो ।’

उनले भने – ‘हामिले चलाएको यस पुण्य अभियानमा समाजका सल्लाहकार सुजन गौतमले  मन्दिर बनाउन भन्दा यस पुण्य काममा सहयोग गर्नुनै धर्म हो भन्दै बडो उत्साहित हुँदै      मन्दिर बनाउने सहयोग रकम समेत यस अभियानमा सहयोग गर्नुभयो ।  

रोजगारीका क्रममा दक्षिण कोरियामा रहेका कात्तिके देउरालीका युवाहरुद्धारा स्थापित समाजले यसअघि पनि कात्तिके देउरालीकै अर्का क्यान्सर रोगी निर्मल गौतम, लडेर घाइते भएका कृष्णप्रसाद चौलागाई, कोरियामै दुर्घटनामा परेका काभ्रेकै श्याम लामा लगायतलाई उपचारार्थ आर्थिक सहयोग प्रदान गरेको थियो । समाजले आफ्ना गाँउका नागरिकहरुलाई स्वास्थ्य उपचारको सहजताका लागि १ थान एम्बुलेन्स समेत प्रदान गरेको छ । 

‘प्रवासमा हामीले दुःख गरी कमाएको रकमबाट आफ्नो गाँउघरको उन्नती तथा विपतमा परेकाहरुलाई थोरै भएपनि सहायता गर्न पाएकोमा खुसी छौ’ समाजका अर्का अभियान्ता नारायण गौतमले बताए । उनले समाजले गरेका विभिन्न अभियानमा साथ दिने सम्पुर्ण मनकारीहरुलाई धन्यवाद दिदै आगामी दिनमा पनि यस्ता सामाजिक कार्यमा आफुहरु अग्रसर भैरहने समेत जानकारी दिए ।
 

salt training

कमेन्ट गर्नुहोस्