
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दैलेखमा काँक्रो उपहार पाएका छन् ।
मध्यपहाडी लोकमार्ग केन्द्रित जनअभियानका क्रममा दैलेख सदरमुकाम जाँदै गर्दा चामुण्डा बिन्द्रासैनी नगरपालिका–६, जम्बुकाँधमा एक जना किसानले उनलाई काँक्रो उपहार दिएका हुन् ।
किसान नगेन्द्र खड्काले अध्यक्ष प्रचण्डलाई काँक्रो उपहार दिएको उनको सचिवालयले जनाएको छ ।
खड्का खेती–किसानीमार्फत जीवन निर्वाह गर्दै आएका बताइएको छ । उनले देशका पूर्वप्रधानमन्त्रीलाई आफ्नै मिहिनेतले उब्जाएको काँक्रो उपहार दिन पाउँदा खुसी लागेको प्रतिक्रिया दिए ।
माओवादी केन्द्रनिकट किसान संगठनमा काम गर्ने उनी डोकोमा काँक्रो लिएर प्रचण्डको स्वागतमा पुगेका थिए ।