२४ जेठ २०८३, आइतबार

देउवाका ज्योतिष भन्छन्- सत्ता गठबन्धनमा अविश्वास चुलिँदै जाने ग्रहयोग छ

जेठ ४, २०८२
काठमाडौं
देउवाका ज्योतिष भन्छन्- सत्ता गठबन्धनमा अविश्वास चुलिँदै जाने ग्रहयोग छ

 ज्योतिष तथा खगोलशास्त्रका जानकार सुरेशचन्द्र रिजालले आजबाट राहु र केतु ग्रहको एकसाथ राशि परिवर्तन भएको उल्लेखसहित जसको गहिरो प्रभाव नेपालको वर्तमान राजनीतिक परिदृश्यमा पर्ने देखिएको जिकिर गरेका छन् । 

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका निजी ज्योतिषका रूपमा परिचित रिजालका अनुसार, न्यायकारक ग्रह शनि र राज्यकारक ग्रह सूर्यमा राहु–केतुको पूर्ण प्रभाव पर्ने भएकाले विशेषगरी सत्तारूढ गठबन्धनमा आन्तरिक अविश्वास झनै गहिरिने सम्भावना छ।

"आजदेखि राहु र केतु दुबैले राशि परिवर्तन गरेका छन्," रिजालले सामाजिक सञ्जालमा लेखेका छन्, "शनि र सूर्य दुवैमा यसको पूर्ण प्रभाव रहने भएकाले सत्ता गठबन्धनमा बढ्दो अविश्वास झनै चुलिँदै जाने ग्रहयोग निर्माण भएको छ।"

उनको भनाइमा, राहु र केतुको यस्तो दुर्लभ राशि परिवर्तनले केवल राजनीतिक नेतृत्वमा मात्र नभई, नीति–निर्माण तहमै द्विविधा, भ्रम र अस्थिरता निम्त्याउन सक्छ। शनि ग्रहले विधि, न्याय र संरचनालाई प्रतिनिधित्व गर्दा सूर्यले शक्ति, आत्मबल र नेतृत्वको प्रतीकत्व गर्छ। यी दुवै ग्रहमा छायाँ ग्रहहरूको प्रभाव परेपछि देशको उच्च राजनीतिक तहमा टकराव र निर्णयमा ढिलाइ हुने सम्भावना बढेको उनले बताए।
हाल देशका कांग्रेस र एमाले गठबन्धनको सरकार छ । 

salt training

कमेन्ट गर्नुहोस्