०५ असार २०८३, शुक्रबार

सुदूरपश्चिममा रामेश्वर चौधरी मन्त्री नियुक्त

जेठ ४, २०८२
कैलाली
सुदूरपश्चिममा रामेश्वर चौधरी मन्त्री नियुक्त

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको सिफारिसमा प्रदेश प्रमुख नजिर मियाँले नेपालको संविधानको धारा १६८ बमोजिम रामेश्वर चौधरीलाई आज मन्त्रीमा नियुक्त गरेका छन् । 

नागरिक उन्मुक्ति पार्टीबाट प्रदेशसभा सदस्यमा निर्वाचित चौधरीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ । प्रदेश प्रमुख मियाँले नवनियुक्त मन्त्री चौधरीलाई आजै साँझ आफ्नै कार्यालय धनगढीमा आयोजित समारोहमा पद तथा गोपनीयताको शपथ गराए ।  

    सो अवसरमा मुख्यमन्त्री शाह, मन्त्रीहरु, प्रदेशसभा सदस्यहरुलगायतको उपस्थिति रहेको थियो । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले प्रदेशसभा सदस्य कैलाश चौधरीलाई मन्त्री बनाउन सिफारिस गर्न संसदीय दललाई निर्देशन दिएकी थिइन् । संसदीय दलको बैठकले भने अध्यक्षको निर्देशन विपरीत संसदीय दलका नेता घनश्याम चौधरीलाई मन्त्रीमा सिफारिस गर्ने निर्णय गरेको थियो । 

उनी मन्त्री बन्न इच्छुक नभएपछि आजै बसेको अर्को बैठकले रामेश्वर चौधरीलाई मन्त्री बनाउन सिफारिस गरेको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्