२५ जेठ २०८३, सोमबार

पञ्जाबको प्लेअफ सम्भावना बलियो

जेठ ५, २०८२
काठमाडौं
पञ्जाबको प्लेअफ सम्भावना बलियो

राजस्थान रोयल्सविरुद्ध १० रनको रोमाञ्चक जित निकाल्दै पञ्जाब किंग्सले इन्डियन प्रिमियर लिग (आइपीएल)मा  प्लेअफ सम्भावनालाई बलियो बनाएको छ । जितसँगै १२ खेलमा १७ अंक जोडेको पञ्जाब दोस्रो स्थानमा उक्लिएको छ । पराजित राजस्थान १३ खेलबाट ६ अंकका साथ नवौं स्थानमा छ ।

जयपुरस्थित सवाई मानसिंह रंगशालामा आइतबार पञ्जावले प्रस्तुत गरेको २२० रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभर नै ब्याटिङ गरे पनि सात विकेट गुमाउँदै २०९ रन मात्रै बनाउन सक्यो । 

राजस्थानका लागि ध्रुव जुरेलले ३१ बलमा सर्वाधिक ५३ रनको योगदान गरे । यसैगरी यशस्वी जैसवालले २५ बलमा ५०, वैभव सूर्यवंशीले ४०,  कप्तान सन्जु सामसनले २० र सिम्रन हेटमायरले ११ रन बनाए ।

पञ्जाबका लागि हरप्रित ब्रारले तीन तथा मार्को यानसन र अज्मतुल्लाह ओमरजाईले समान दुई विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको पञ्जावले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै २१९ रनको योगफल तयार पारेको थियो ।

पञ्जावका लागि नेहाल बधेराले ३७ बलमा सर्वाधिक ७० रनको योगदान गरे । यसैगरी शशांक सिंहले ३० बलमा पाँच चौका र तीन छक्काको मद्दतले अविजित ५९, कप्तान श्रेयस अय्यरले ३०, अज्मतुल्लाह ओमरजाईले अविजित २१ र प्रभसिम्रन सिंहले २१ रन बनाए ।

राजस्थानका लागि तुषार देशपाण्डेले दुई तथा क्वेना माफाका, रियान पराग र आकाश माधवालले समान एक विकेट लिए । 

salt training

कमेन्ट गर्नुहोस्