
नेपालमा टीभीएस ब्राण्डको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टीभीएस ग्रेट ग्रान्ड एक्सचेञ्ज एन्ड फाइनान्स मेला’ यही जेठ ७ देखि १२ गतेसम्म काठमाडौंको ‘भृकुटीमण्डप’ गर्ने भएको छ ।
भृकुटीमण्डपको प्रदर्शन स्थलमा आयोजना गरिने मेलामा पुराना मोटरसाइकल वा स्कूटरहरूको साटासाट गरी नयाँ टीभीएस सवारी लैजान सकिने व्यवस्था मिलाइएको छ।
यस विशेष अवसरमा विभिन्न आकर्षक अफर र मनोरञ्जनात्मक कार्यक्रमको मजा लिन सकिने कम्पनीले जनाएको छ ।
मेलाको अवधिभर साटिने सवारीका लागि न्यूनतम ३० हजार मूल्यांकन प्रदान गरिनेछ । ५० भन्दा बढी रिकन्डिसन हाउसहरूको सहभागितामा उच्चतम मूल्यांकन सुनिश्चित गरिने कम्पनीले जनाएको छ ।
८ हजार रूपैयाँसम्मको नगद छुट, थप मूल्यांकन सुविधा, साथै शून्य प्रतिशत ब्याजदरमा सवारी किन्ने व्यवस्था पनि उपलब्ध गराइएको छ । नयाँ सवारी खरिद गर्ने ग्राहकहरूलाई हेल्मेट, ब्याग, बाइक कभर र रेनकोट जस्ता आवश्यक एसेसोरिज निःशुल्क प्रदान गरिनेछ ।
मेला शुरू हुनुअघि, जेठ ६ गतेसम्म प्रि-बुकिङ गरिएको खण्डमा ग्राहकलाई पाँच हजार बराबरको उपहार प्रदान गरिने कम्पनीले जनाएको छ ।
मेलामा टीभीएसका विभिन्न सेग्मेन्टका मोडेल प्रदर्शन गरिनेछन् । प्रिमियम सेग्मेन्टमा टीभीएस रोनिन र टीभीएस अपाचे सिरिजका बाइक समावेश गरिनेछ । कम्युटर सेग्मेन्टमा टीभीएस रेडर र टीभीएस रेडियन प्रस्तुत गरिनेछ ।
त्यसैगरी, स्कुटर सेग्मेन्टमा लोकप्रिय टीभीएस एनटर्क देख्न सकिनेछ भने, इलेक्ट्रिक सेग्मेन्टमा टीभीएस आईक्युब इलेक्ट्रिक समेत अवलोकन गर्न सकिनेछ । यी मोडेल विभिन्न प्रयोगकर्ताका आवश्यकतालाई ध्यानमा राखी प्रस्तुत गरिनेछन् ।
कार्यक्रममा आगन्तुकहरूले लाइभ ब्यान्डको प्रस्तुति, स्टन्ट शो, टेस्ट राइड, विभिन्न खेल, वातानुकूलित प्रदर्शनी हल, सौन्दर्य ब्रान्डहरूको प्रदर्शनी, स्वादिलो परिकारहरूको फूड स्टल र बालबालिकाका लागि खेलकुद, चित्र कोर्ने अवसर र रमाइलो गतिविधि रहेको विशेष बालमैत्री क्षेत्रको अनुभव लिन सक्नेछन् । मेलाले सम्पूर्ण परिवारलाई लक्षित गर्दै रमाइलो वातावरणमा पूर्ण मनोरञ्जन प्रदान गर्ने उद्देश्य राखेको छ ।
सवारी अद्यावधिक गर्न चाहने, नयाँ टीभीएस मोडेलबारे बुझ्न इच्छुक वा केवल रमाइलो अनुभव लिन चाहने सबैजनालाई टीभीएस ग्रेट ग्रान्ड एक्सचेञ्ज एन्ड फाइनान्स मेलामा सहभागी हुन आमन्त्रित गरिएको कम्पनीले जनाएको छ ।