काठमाडौं, १७ मंसिर – चलचित्र ‘लिलिबिली’ को प्रदर्शन मिति तय गरिएको छ । चैत ३० लाई तय गरिएको फिल्मको मिति अलमलमा भने थियो । अहिले भने सिनेमाका निर्माता गोविन्द शाहीले उही मितिमा फिल्म रिलिज गर्न लागिएको जानकारी दिए ।
युकेमा समेत छायांकन गरिएको चलचित्र ५५ प्रतिशत काम सकिएको र विदेशको छायांकन लगभग सकिएको स्रोतले बताएको छ । चलचित्रमा अभिनेता प्रदीप कार्की र जसिता गुरुङको मुख्य भूमिका रहनेछ भने प्रियंका कार्की,
अनुपविक्रम शाही लगायतका कलाकारले अभिनय गर्नेछन् । फिल्ममा निर्देशक चाम्स, सुदीप खड्का र गोविन्द शाहीको लगानी रहेको छ ।