११ साउन २०८३, सोमबार

गभर्नर पौडेलको नियुक्ति बदरको माग गर्दै सर्वोच्चमा रिट

जेठ ९, २०८२
काठमाडौं
गभर्नर पौडेलको नियुक्ति बदरको माग गर्दै सर्वोच्चमा रिट
फाइल फोटो : गभर्नर पौडेल

नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलको नियुक्ति बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन पेश भएको छ ।

अधिवक्ताहरू अनन्तराज लुइँटेल, प्रतिभा उप्रेती र विशाल थापाले शुक्रबार रिट लिएर सर्वोच्च पुगेका हुन् ।

पौडेल नेपाली कांग्रेसको महासमिति सदस्य तथा प्रतिनिधिसभाको निर्वाचनमा पराजित उम्मेदवार रहेको र गभर्नर सिफारिस समितिका पदाधिकारी भई राजीनामा गरेको रिट निवेदनमा उल्लेख छ ।

सिफारिस समितिकै पदाधिकारीले राजीनामा गरी आफैं छनोट हुने गरी नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १५ ले अनिवार्य गरेको खोजेको विज्ञतासमेत नभएको पौडेलको सिफारिस, नियुक्ति तथा शपथको निर्णय बदर गर्नुपर्ने रिटमा माग गरिएको छ ।

साथै मुद्दाको टुंगो नलागुञ्जेलसम्म गभर्नरको हैसियतले कुनै पनि दूरगामी कार्य सम्पादन नगर्न/नगराउन अन्तरिम आदेशसमेत माग गरिएको छ ।

उनीहरूको रिट सर्वोच्च पुगेको भए पनि अहिलेसम्म दर्ता भइसकेको छैन ।

पौडेललाई गत मंगलबारको मन्त्रिपरिषद् बैठकले राष्ट्र बैंकको १८औं गभर्नरमा नियुक्त गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्