२८ जेठ २०८३, बिहीबार

गगनलाई लक्षित गर्दै बम पड्काएको आरोपमा २२ जना पक्राउ

मंसिर १८, २०७४
गगनलाई लक्षित गर्दै बम पड्काएको आरोपमा २२ जना पक्राउ

काठमाडौं, १८ मंसिर– कांग्रेस नेता गगन थापालाई लक्षित गर्दै बम विस्फोट गराएको आशंकामा प्रहरीले २२ जनालाई पक्राउ गरेको छ । 

काठमाडौं प्रहरी परिसरका एसएसपी रविन्द्र धानुकले उनीहरुलाई चपली क्षेत्रबाट नियन्त्रणमा लिएका जनाए । 

बम पड्एिलगत्तै प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको धानुकले बताए । प्रहरीले वम विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले विस्फोट गरेको आशंका गरेको छ । थापालाई लक्षित गर्दै पड्काइएको बम किटली बम रहेको प्रहरी अनुसन्धानले देखाएको छ । 

प्रहरीले थापाको अत्यन्त नजिक बम पड्किएको जनाएको छ । विस्फोटमा थापासहित १० जना घाइते भएका छन् । टाउको र ढाडमा चोट लागेका थापा उपचारपछि घर फर्किएका छन् भने अन्यको शिक्षण अस्पतालमा उपचार भइरहेको छ । उनीहरुमध्ये ४ को अवस्था गम्भीर छ । 


 

salt training

कमेन्ट गर्नुहोस्