३१ जेठ २०८३, आइतबार

बँदेलको पेटमा भेटियो यो वस्तु, करोडपति भए भेट्ने मानिस

मंसिर १८, २०७४
बँदेलको पेटमा भेटियो यो वस्तु, करोडपति भए भेट्ने मानिस

काठमाडौं, १८ मंसिर — चीनको जु काउन्टीमा एक गाउँले रातारात करोडपति भएका छन् । यी व्यक्तिले बँदेलको मासु खानका लागि काट्दा बँदेलको आन्द्रामा पत्थर जस्तो कुरा भेटे । 

यो अचम्मलाग्दो कुरालाई उनले सम्हालेर राखे । पछि त्यसलाई लिएर उनी शांघाई पुग्दा यो त संसारको बहुमूल्य कुरामध्ये एक रहेको थाहा पाए । 

ती व्यक्तिको नाम बो चुन्लोऊ हो । शांघाईमा एक विज्ञले चार इन्चको यो पदार्थको मूल्य साढे ६ करोड रुपैयाँ भएको बताए । चुन्लोऊले अब यो वस्तुको लीलाम बिक्री गर्ने भएका छन् । 

त्यो वस्तुको नाम बेजोआर हो । यो बँदेल र अन्य जनावरको पेटमा बन्छ । यसबाट अनेक किसिमका औषधि र विषबाट बच्ने इन्जेक्सनहरू तयार पार्न सकिन्छ । संसारमा यो वस्तु दुर्लभ भएकाले यसको मूल्य चर्को छ । 

विज्ञहरूका अनुसार, बेजोआर जनावरको आन्द्रामा भेटियो भने मात्र काम लाग्ने हुन्छ । पेटमा भेटियो भने यसको मूल्य चर्को हुँदैन । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्