२६ जेठ २०८३, मंगलबार

मधेश प्रदेशसभा सदस्यका स्वकीय सचिव कायस्थ पक्राउ

जेठ १३, २०८२
काठमाडौं
मधेश प्रदेशसभा सदस्यका स्वकीय सचिव कायस्थ पक्राउ

मधेश प्रदेशसभा सदस्य सरोजकुमार सिंहका स्वकीय सचिव विनोदकुमार लाल कायस्थ पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल, काठमाडौंबाट खटिएको टोलीले उनलाई सोमबार पक्राउ गरिएको आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए ।

उनका अनुसार सिंहले विभिन्न उपभोक्ता समिति गठन गरेर खातामा आएको रकम दुरुपयोग गरेको उजुरी परेको थियो । उक्त रकम सिंहले आफ्ना निजी सचिव कायस्थमार्फत झिकाएर आफन्तको खातामा जम्मा गर्ने गरेको दाबी गरिएको छ ।

यस्तै, सिंहले उनकी श्रीमतीको खातामा समेत रकम जम्मा गर्ने गरेको दाबी उजुरीमा छ ।

सोही उजुरीको आधारमा सिंहका निजी कायस्थलाई सोमबार दिउँसो पक्राउ गरिएको हो ।

साथै प्रदेशसभा सदस्य सिंहको साथमा रहेको कायस्थले प्रयोग गर्दै आएको विद्युतीय उपकरणसमेत नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्