०५ साउन २०८३, मंगलबार

जङ्गली हात्तीको आक्रमणमा एक जनाको मृत्यु

जेठ १३, २०८२
पर्सा
जङ्गली हात्तीको आक्रमणमा एक जनाको मृत्यु

जङ्गली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । पर्साको पटेर्वासुगौली गाउँपालिका–१ रामभौरी नजिकै रहेको सितलपुर जङ्गलमा हात्तीको आक्रमणले मकवानपुर मनहरी गाउँपालिका–२ स्थायी घर भएका ६१ वर्षीय श्यामबहादुर भुलनको मृत्यु भएको हो । 

जिल्ला प्रहरीका सूचना अधिकारी किशोर लम्सालले मृतक भुलनसहित सोही ठाउँका भक्तबहादुर आले र श्रवण भुलन गत जेठ ९ गते कुरीलो खन्न गएको बखतमा एक्कासी जङ्गली हात्तीले आक्रमण गरेको जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्