०१ असार २०८३, सोमबार
एकै परिवारका तीन जनाको हत्या

बुटवलमा आमाछोरीको बीभत्स हत्या : बिहानै ४ बजे भएको थियो घटना, पूर्वपति पक्राउ

जेठ १४, २०८२
बुटवल
बुटवलमा आमाछोरीको बीभत्स हत्या : बिहानै ४ बजे भएको थियो घटना, पूर्वपति पक्राउ

बुटवल उपमहानगरपालिका होराइजन चोकस्थित मिलिजुली पथमा आमासहित दुई छोरीको बीभत्स हत्या भएको छ । 

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता सुरज कार्की तीन जनाको हत्या भएको लोकान्तरलाई जानकारी दिए । 

आमा ३३ वर्षकी दीपा बस्यालसहित छोरीहरू ७ वर्षकी स्नेहा र ४ वर्षकी हिमानीको हत्या गरिएको प्रवक्ता कार्कीले बताए । 

हत्याको अनुसन्धानका लागि एक जनालाई पक्राउ गरिएको उनले बताए । पक्राउ पर्नेमा सुरज कोइराला रहेका छन् ।

प्रहरीका अनुसार उनी दीपाका पूर्वश्रीमान हुन् । अहिले भने डिभोर्स गरेर छुट्टै बसिरहेको खुल्न आएको उनले बताए । 

यद्यपि, घटनाबारे थप अनुसन्धान भैरहेको उनको भनाइ छ । घटना बुधबार बिहान ४ बजेतिर भएको हो । 

कोइराला केही वर्षअघि संविधान दिवसको दिन आम माफी पाएर जेलबाट छुटेको स्थानीयले बताएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्