२८ जेठ २०८३, बिहीबार

एकीकृत समाजवादीको कार्यकर्ता भेला भोलि

जेठ १४, २०८२
काठमाडौं
एकीकृत समाजवादीको कार्यकर्ता भेला भोलि

नेकपा (एकीकृत समाजवादी)ले बिहीबार काठमाडौंमा कार्यकर्ता भेला गर्ने भएको छ । 

केन्द्रीय प्रचार विभागका उपप्रमुख दामोदर अर्यालका अनुसार भेलामा पार्टीका विभिन्न कमिटीका गतिविधिबारे समीक्षा हुनका साथै कमिटी प्रतिनिधिलाई प्रशिक्षण दिइने छ । 

मुलुकको राजनीतिक, आर्थिक तथा सामाजिक रुपान्तरणका लागि समाजवादी अभियानलाई सशक्त बनाउन आवश्यक भएकाले सिद्धान्त, नीति तथा कार्यक्रम मिल्ने राजनीतिक पार्टीसँगको सहकार्यबारे पनि भेलामा छलफल हुने उपप्रमुख अर्यालले जानकारी दिए ।​ 

यसैबीच, १८औं गणतन्त्र दिवसका अवसरमा पार्टीले देशका  विभिन्न भागमा सभा, भेला, गोष्ठी, वृक्षारोपण, रक्तदान, दीपावलीलगायत गतिविधि गर्ने जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्