
विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा मागिरहेका बेला सत्तारूढ नेपाली कांग्रेस र नेकपा (एमाले) छलफलमा जुटेका छन् ।
भिजिट भिसा प्रकरणमा विपक्षीले गृहमन्त्रीको राजीनामा मागेर संसद् अवरुद्ध गरिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच बालुवाटारमा छलफल भएको हो । छलफलमा गृहमन्त्री लेखक पनि सहभागी छन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार छलफल जारी छ ।
गृहमन्त्रीको राजीनामा माग्दै विपक्षी दलहरूले मंगलबार संसद् अवरोध गरेका थिए ।
संसद् बैठक आज पनि बस्दै छ ।