
मकवानपुरको भीमफेदीमा खोलामा डुबेर १७ वर्षीय किशोरको मृत्यु भएको छ ।
भीमफेदी गाउँपालिका-८ कोगटेस्थित कोगटे खोलामा डुबेर काठमाडौं महानगरपालिका-१२ लाजिम्पाट बस्ने १७ वर्षीय नामसोज हगंजबेगुको मृत्यु भएको हो ।
पौडी खेल्ने क्रममा मंगलबार दिउँसो डुबेर अशक्त भएका उनको स्थानीय स्वास्थ्य चौकी सिस्नेरीमा उपचारका क्रममा मंगलबार राति मृत्यु भएको प्रहरीले जनाएको छ ।