१० असार २०८३, बुधबार

पेस्तोलसहित तीन युवा पक्राउ

मंसिर १८, २०७४
पेस्तोलसहित तीन युवा पक्राउ

तनहुँ, १८ मंसिर- तनहुँको आँबुखैरेनी बजारबाट ४५ थान गोली र चार वटा पेस्तोलसहित आज तीन युवा पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा आँबुखैरेनीका अभियान श्रेष्ठ, विजय गुरुङ र जय गुरुङलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक लोकबहादुर गुरुङले जानकारी दिए । 

हतियारसहितका युवाहरू नियन्त्रणमा लिन नेपाल प्रहरी सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरिएको थियो । 

पक्राउ परेका युवाहरूविरुद्ध हातहतियार तथा खरखजना ऐनअनुसार कारबाही प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्