
उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल नेपालमै बनेको अल्लोको 'ब्रिफकेश' बोकेर मन्त्रिपरिषद् बैठकमा पुगेका छन् ।
उनी बिहीबार दिउँसो आगामी आर्थिक वर्षको बजेट अल्लोले बनेको ब्यागमा बजेट बोकेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबार पुगेका हुन् ।
मन्त्री पौडेलले दिउँसो ३ बजे बस्ने संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्नेछन् ।



