०५ साउन २०८३, मंगलबार

बजेटको प्राथमिकता उत्पादन र पूर्वाधारमा, भ्रष्टाचार नियन्त्रणमा पनि जोड

जेठ १५, २०८२
काठमाडौं
बजेटको प्राथमिकता उत्पादन र पूर्वाधारमा, भ्रष्टाचार नियन्त्रणमा पनि जोड

सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेटमा उत्पादनमुखी अर्थतन्त्र निर्माणका लागि विभिन्न प्राथमिकता तय गरेको छ।

संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले उत्पादकत्व वृद्धिदेखि भौतिक पूर्वाधारको विकास, सामाजिक न्याय, सन्तुलित क्षेत्रीय विकास र भ्रष्टाचार नियन्त्रणलाई मुख्य प्राथमिकता बनाइएको स्पष्ट पारे।

उनका अनुसार उत्पादन र रोजगारी सृजनामा टेवा पुर्‍याउने खालका कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाइनेछ। भौतिक पूर्वाधारको विस्तारमार्फत दीर्घकालीन आर्थिक जग मजबुत बनाउने योजना बजेटमा समावेश गरिएको छ।

त्यस्तै, सामाजिक रुपान्तरणका लागि सामाजिक न्याय सुनिश्चित गर्ने, पछाडि परेका क्षेत्रको समावेशी विकास गर्ने र सार्वजनिक सेवा प्रवाहमा पारदर्शिता कायम गर्न भ्रष्टाचार नियन्त्रणमा विशेष ध्यान दिइने अर्थमन्त्री पौडेलले बताए ।

salt training

कमेन्ट गर्नुहोस्