१७ असार २०८३, बुधबार
आव २०८२/०८३ को बजेट

नेपाली जनताले विदेशी कम्पनीबाट स्वेट सेयर लिन पाउने

जेठ १५, २०८२
काठमाडौं
नेपाली जनताले विदेशी कम्पनीबाट स्वेट सेयर लिन पाउने

सरकारले नेपाली जनतालाई विदेशी कम्पनीसँगको सहकार्यमा स्वेट सेयर लिन सक्ने नयाँ व्यवस्था लागू गर्ने भएको छ । 

संघीय संसद्को संयुक्त बैठकमा बिहीबार दिउँसो आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले नेपाली जनताले प्रविधि वा विशिष्ट सेवा प्रदान गरेबापत विदेशी कम्पनीबाट स्वेट सेयर प्राप्त गर्न सक्ने नीति अघि सारेका हुन् । 

यो व्यवस्थाले नेपाली नागरिकलाई अन्तर्राष्ट्रिय कम्पनीसँग प्राविधिक र विशिष्ट सेवा क्षेत्रमा सहकार्य गर्न प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ । 

‘यो नीतिले नेपाली जनताको सीप र क्षमतालाई विश्व बजारसँग जोडेर आर्थिक अवसर सिर्जना गर्नेछ’, अर्थमन्त्री पौडेलले भने ।

यो योजनाले नेपालको प्राविधिक र सेवा क्षेत्रलाई थप सशक्त बनाउँदै वैश्विक बजारमा प्रतिस्पर्धी बनाउने सरकारको लक्ष्य रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्