
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले ल्याएको बजेटबाट निजी क्षेत्र उत्साहित बनेको बताएका छन् ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले बिहीबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८२/८३ को बजेट पेस गरिसकेपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै यस्तो बताएका हुन् ।
उनले महासंघको नेतृत्वमा निजी क्षेत्रले दिएका लगभग सबै सुझाव समेटिएका ढकालले बताए ।
‘कार्यान्वयनमा कसरी जान्छ त्यो हेर्छौं । एक/दुई वटा बाहेक ओभरअलमा बजेट ठीक छ। हाम्रा सुझाव समेटिएका छन्’, ढकालले भने । महासंघले दिएका सुझावमा कर, लगानी र एक्जिम कोडमा बैंक ग्यारेन्टी हुनुपर्ने रहेका उनले बताए ।
महासंघले दिएको सुझावमध्ये ग्रीन हाइड्रोको विषय बजेटमा नसमेटिएको ढकालले बताए ।