१७ असार २०८३, बुधबार

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकमा गणेश बहादुर ठाडा मगर सिफारिस

जेठ १५, २०८२
रूपन्देही
सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकमा गणेश बहादुर ठाडा मगर सिफारिस

सशस्त्र प्रहरी बल नेपालका गणेश बहादुर ठाडा मगरलाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा सिफारिस गरिएको छ।

गृह मन्त्रालय अन्तर्गत बढुवा समितिको सचिवालयले बिहीबार सूचना प्रकाशित गर्दै ठाडा मगरको नाम सिफारिस गरेको जानकारी दिएको छ। सशस्त्र प्रहरी नियमावली २०७२ को नियम ३९ को उपनियम १ को क बमोजिम समितिको निर्णयअनुसार ठाडा मगरको बढुवा सिफारिस गरिएको हो।

संबन्धित पदमा चित्त नबुझ्ने सशस्त्र प्रहरी नायब महानिरीक्षकहरुले सशस्त्र प्रहरी नियमावलीको नियम ५५ अनुसार सात दिनभित्र उजुरी दिन सक्ने व्यवस्था गरिएको छ। उजुरी सुन्ने समिति कमलपोखरीमा रहेको छ।

salt training

कमेन्ट गर्नुहोस्