
चितवनको भरतपुर महानगरपालिका–१६ शिवघाटस्थित नारायाणी नदीको बीच भागमा फसेका २२ जनाको सशस्त्र प्रहरीको गोताखोरले सकुशल उद्वार गरेको छ ।
नारायणी नदीमा बाध बाधी गिट्टी बालुवा निकाल्ने क्रममा बाध फुटेर नदीको बीच भागको टापुमा फसेका उनीहरुको सकुशल उद्वार गरिएको हो ।
उनीहरु फसेको भन्ने जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण चितवनबाट सशस्त्र प्रहरी निरीक्षक चामनारायण महतोको कमाण्डमा खटिएको गोताखोरसहितको सुरक्षा फौजले उनीहरुलाई बोटको सहायताले उद्वार गरेको हो । नदीको बाध फुट्दा गिट्टी बालुवा लैजान प्रयोग भएको एउटा टिपर भने सोही ठाउँमा डुवेको सशस्त्र प्रहरीले जनाएको छ ।