०७ असार २०८३, आइतबार

प्रेस चौतारीद्वारा चालिसेको निधनप्रति दुःख व्यक्त

जेठ १६, २०८२
काठमाडौं
प्रेस चौतारीद्वारा चालिसेको निधनप्रति दुःख व्यक्त

 प्रेस चौतारी नेपालले सो संगठनका संस्थापक अध्यक्ष विजय चालिसेको निधनप्रति दुःख व्यक्त गरेको छ । काठमाडौँको जोरपाटीस्थित आरुवारिमा विसं २००८ साल असार २२ गते जन्मिएका चालिसेको ७४ वर्षको उमेरमा आज बिहान निधन भएको हो । 
‘नेपाली श्रमजीवी एवं व्यावसायिक पत्रकारहरूको पक्षमा निष्ठापूर्वक उभिएका चालिसेले प्रेस स्वतन्त्रता, लोकतन्त्र र सामाजिक रूपान्तरणमा पुर्‍याउनु भएको योगदान इतिहासमा स्वर्ण अक्षरले लेखिने छ, उहाँको निधनले प्रेस चौतारी नेपाललाई अपूरणीय क्षति पुगेको छ भने नेपाली पत्रकारिता जगतले कठिन परिस्थितिमा समेत जनताको पक्षमा कलम चलाउन सक्ने निर्भीक एवं जनपक्षीय अभिभावक गुमाएको छ’, संगठनका महासचिव हीरामान लामाले शुक्रबार जारी गर्नुभएको शोक वक्तव्यमा उल्लेख छ । 
नेपालकै पत्रकारिताको अग्रणी संस्था गोरखापत्र संस्थानको अध्यक्ष र गोरखापत्र दैनिकका प्रधान सम्पादक चालिसेले थुप्रै पत्रपत्रिकामा सम्पादन गरेका थिए । यसैगरी उनका दर्जनौं उपन्यास, कथा सङ्ग्रह, निबन्ध, थुप्रै बालकथाहरू, आमसञ्चार, पत्रकारिता सम्बन्धी र साहित्यिक पुस्तकहरू प्रकाशित छन् ।

‘उहाँको सम्पादन पत्रकारिता क्षेत्रमा अनुपम र उदाहरणीय थियो, अग्रज पत्रकार चालिसेले अगुवाइ गरी प्रेस चौतारी नेपालको संस्थागत विकासमा पुर्‍याउनु भएको नेतृत्वदायी भूमिका सधैँ स्मरणीय रहने छ, उहाँको निधनको यस दुःखद क्षणमा हामी उहाँले देखाउनुभएको बाटोमा हिँडिरहने सङ्कल्पका साथ उहाँप्रति भावपूर्ण श्रद्धा सुमन अर्पण गर्दछौँ,’ चौतारीको विज्ञप्तिमा उल्लेख छ । 

स्वर्गीय चालिसेका दुई छोरा र एक छोरी छन् । चालिसे केही महिनादेखि अस्वस्थ थिए । 

null

salt training

कमेन्ट गर्नुहोस्