०५ असार २०८३, शुक्रबार

भालुको आक्रमणबाट सासू-बुहारी घाइते

जेठ १७, २०८२
दार्चुला
भालुको आक्रमणबाट सासू-बुहारी घाइते

दार्चुलामा भालुको आक्रमणमा एकै परिवारका दुई जना घाइते भएका छन् । शुक्रबार बेलुकी ५ बजेतिर शैल्यशिखर नगरपालिका–५ आगरका ५८ वर्षीय कलावती रावल र उनकी बुहारी २८ वर्षीय मानमति डागा भालुको आक्रमणबाट घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी छत्र रावतले जानकारी दिए ।

उनका अनुसार  कलावती र मानमती सासूबुहारी हुन् । नजिकैको स्थानीय वन बरमुडेलेकबाट आएको भालुले  घरभित्र पसेर एक्कासि उनीहरूमाथि आक्रमण गरेको हो । 

भालुको आक्रमणमा परी घाइते कलावतीको ढाड र मुखमा चोट लागेको छ । भालुको आक्रमणबाट बच्न भाग्दा लडेर मानमतीसमेत घाइते भएका छिन् । 

घाइते दुवै जनालाई स्थानीय र प्रहरीको सहयोगमा उद्धार गरी उपचारका लागि गोकुलेश्वर अस्पताल लगिएको छ । 

भालुलाई नियन्त्रणमा लिन ईलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट प्रहरीको टोली घटना स्थलमा पुगेको जनाइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्