१० असार २०८३, बुधबार

रूपन्देहीमा देशकै ठूलो प्राङ्गारिक मल उद्योग

जेठ १७, २०८२
बुटवल
रूपन्देहीमा देशकै ठूलो प्राङ्गारिक मल उद्योग

रूपन्देहीको रोहिणीमा देशकै ठूलो प्राङ्गारिक मल उद्योगको औपचारिक रूपमा उद्घाटन भएको छ । शुक्रबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ‘इन्डष्ट्रिज’को औपचारिक उद्घाटन गरेका हुन् । 

३० करोड लगानीमा दैनिक ८० टन मल उत्पादन क्षमताको उद्योग केही समय अघिदेखि ‘प्रोडक्सन’ गर्दै आएका थियो । भैरहवाका उद्योगी दम्पत्ति सिद्धार्थ अग्रवाल र पुनम कुमारी अग्रवालले माटोको प्रारङगिक पद्धार्थ जोगाउन रोहिणी गाउँपालिका–४ मा स्थापना गरेको उद्योगले ग्रो मोर फर्टिलाइजर एन्ड केमिकल प्रालिमार्फत् गत वर्षदेखि मल उत्पादन शुरू भएको थियो ।

सो अवसरमा मुख्यमन्त्री आचार्यले १५ वर्षभित्र लुम्बिनीलाई अर्गानिक प्रदेश बनाउने संकल्प गरिएको बताए । मानव स्वास्थ्य र माटोको उर्वराशक्ति सुरक्षाका लागि प्राङ्गारिक मलको प्रयोग अपरिहार्य बताउँदै उनले प्रदेश सरकारले नीति तथा कार्यक्रममा सिङ्गो प्रदेशलाई प्राङ्गारिक बनाउने नीति अघि सारेको स्पष्ट पार्दै त्यसका लागि प्रवद्र्धनमुखी कार्यक्रम सञ्चालन गरिने जानकारी दिए । 

उद्योगका प्रबन्धक निर्देशक पुनमकुमारी अग्रवालले प्रतिदिन २०० मेट्रिक टन मल उत्पादन क्षमता रहेको उद्योगले हाल ‘रत्नम’ ब्रान्डमा दैनिक ८० मेट्रिक टन मल उत्पादन गरिरहेको बताइन् । 

प्रबन्धक अग्रवालले मानव स्वास्थ्य र माटोको उर्वरा शक्ति जोगाउन प्राङ्गारिक मल उद्योग खोल्ने निर्णय गरेको बताइन् । पुनमका अनुसार उद्योगले वार्षिक एक लाख मेट्रिक टनसम्म मल उत्पादन गर्न सक्छ । उद्योगमा हाल ५० जनाले रोजगारी पाएका छन् र पूर्ण क्षमतामा सञ्चालन हुँदा १५० जनाले रोजगारी पाउने छन् । 

व्यावसायिक उत्पादन थालेको एक वर्षमै नेपालका ५० जिल्लामा डेढ सय बढी स्थानमा डिपो खोलेर मल बिक्री गरिरहेको अग्रवालले बताइन् । ५० किलो रासायनिक डीएपी मलको मूल्य करिब २ हजार ४०० रुपैयाँ पर्ने गरेकोमा रत्नम् अर्गानिक मलको मूल्य १ हजार ५०० रुपैयाँ पर्छ । 

उद्योगको अहिलेको क्षमताको आधा मात्रै उत्पादन गर्दा वार्षिक एक अर्बको आयात विस्थापित गरेको र थप क्षमता विस्तार गर्दा एक वर्षमा १५ अर्ब रुपैयाँ बराबरको रासायनिक मल आयातलाई रोक्न सकिने उनी बताउँछिन् ।

salt training

कमेन्ट गर्नुहोस्