१० असार २०८३, बुधबार

वाम गठवन्धनको चुनावी प्रचारमा गएका ठकुरी एक सातादेखि बेपत्ता

मंसिर १९, २०७४
वाम गठवन्धनको चुनावी प्रचारमा गएका ठकुरी एक सातादेखि बेपत्ता

डोल्पा, १९ मंसिर– डोल्पामा चुनावको प्रचारप्रसारमा गएका एकजना एक सातादेखि बेपत्ता भएका छन् । 

मंसिर १० मा सम्पन्न निर्वाचनमा वाम गठबन्धनका तर्फबाट प्रचारप्रसार गर्न उपल्लो डोल्पा गएका त्रिपुरासुन्दरी–५ का हरिबम ठकुरी एक सातादेखि सम्पर्कमा नआएको आफन्तले बताएका छन् । 

अन्दाजी ४५ वर्षका ठकुरी ११ मंसिरमा उपल्लो डोल्पामा पर्ने शे–फोक्सुण्डो गाँउपालिकाको शे–गुम्बाबाट साथीहरुसँग सम्पर्कविहीन भएका थिए । 

उनी मंसिर ११ गते बेलुकी फरक–फरक ठाउँमा बसेको र मंसिर १२ गते बिहान सम्पर्क गर्न खोज्दा अहिलेसम्म सम्पर्क नभएको उनीसँगै प्रचारमा गएका जगदुल्ला गाउँपालिका–५ का बिष्णुबहादुर बिकले जानकारी दिए । 

बेपत्ता ठकुरी जीवितै पाइने आशा न्यून भए पनि लाश भए पनि पाइन्छ की भन्ने आशामा खोजी कार्य भइरहेको उनका आफन्त पौरखले जानकारी दिए । 

बेपत्ता ठकुरीको बारेमा केही पनि जानकारी नपाइएको प्रहरीले जानकारी दिएको छ । 

वाम गठबन्धनका तर्फबाट एजेण्ट बस्न उपल्लो डोल्पा पुगेका बेपत्ता ठकुरी सम्बन्धित मतदान केन्द्रको प्रतिनिधि बाहेक अन्य ठाउँको व्यक्ति बस्न नपाउने खबर पाएपछि उनी घर फर्किने क्रममा चिसो सँगसँगै भोकले मृत्यु भएको हुनसक्ने सँगै उपल्लो डोल्पा गएका साथीहरुले अनुमान गरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्