
बिहीबार र शुक्रबार २ हजारभन्दा बढी अफगान परिवार स्वदेश फिर्ता भएका छन् ।
दुई दिनमा ९ हजार २८८ सदस्यसहित कुल २ हजार २०२ अफगान परिवार छिमेकी मुलुक इरान र पाकिस्तानबाट घर फर्केको अफगानिस्तानको सर्वोच्च आयोगले जनाएको छ ।
आयोगले फर्कनेहरूको समस्या सम्बोधन गर्न सरकार प्रतिवद्ध रहेको शनिबार जनाएको छ ।
आयोगले स्वदेश फर्कनेहरूलाई अस्थायी शरण, खाना, पानी, चिकित्सा सेवा र यातायात सेवाहरू प्रदान गर्ने गर्छ ।
करिब ७० लाख अफगान शरणार्थीमध्ये अधिकांश कागजातविहीन आप्रवासीहरू हाल विदेशमा बसिरहेका छन्, जस मध्ये अधिकांश इरान र पाकिस्तानमा रहेका छन् ।