१० असार २०८३, बुधबार

पहिचान र प्रतिनिधित्वको लडाइँमा सधैं किराँत समुदायको पक्षमा छु : डा. शेखर कोइराला

जेठ १७, २०८२
काठमाडौं
पहिचान र प्रतिनिधित्वको लडाइँमा सधैं किराँत समुदायको पक्षमा छु : डा. शेखर कोइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पहिचान, पहुँच र प्रतिनिधित्वको लडाइँमा आफू सधैं किराँत समुदायसँगै रहेको बताएका छन्।

कांग्रेसले सधैं द्वन्द्व मेटिने र पहिचान भेटिने कुरामा विश्वास गर्ने उनले स्पष्ट पारे । 

खोटाङको हलेसीमा आयोजित 'तुवाचुङ डे'को उद्‌घाटन गर्दै उनले संविधानसभाबाट संविधान बन्ने समयमा आफूले पहिचान र समावेशी समानुपातिकको कुरा उठाएको बताए ।​

तुवाचुङ जायजुम संरक्षण समितिले किराँतहरूको चाड साकेला उँभौलीको अवसरमा 'तुवाचुङ डे' उनले भने, 'हलेसी महादेव मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न आफूले सक्दो पहल गर्छु ।'

salt training

कमेन्ट गर्नुहोस्