०१ असार २०८३, सोमबार

क्यानडामा सगरमाथा दिवस विशेष कार्यक्रम

जेठ १८, २०८२
काठमाडौं
क्यानडामा सगरमाथा दिवस विशेष कार्यक्रम

क्यानडास्थित क्यालगरी शहरमा सगरमाथा दिवस विशेष कार्यक्रम गरिएको  छ ।

अल्बर्टा नेपाल च्याम्बर अफ कमर्सको मुख्य संयोजकत्व र क्यालगरीस्थित नेपाली सामुदायिक संस्था एनसीएससी एवं गैरआवासीय नेपाली संघ क्यानडासँग संयोजन गरि उक्त कार्यक्रम गरिएको हो । 

कार्यक्रमको अध्यक्षता च्याम्बरका अध्यक्ष समीर पाण्डेले गरेका थिए । कार्यक्रमका मुख्य अतिथि डेभ रोड्नी तथा मिङ्मा तेन्जिङ शेर्पा थिए । 

२ पटक सगरमाथा आरोहण गरिसकेका रोड्नी अल्बर्टा नेपाल च्याम्बर अफ कमर्सका विशेष सल्लाहकार समेत हुन् । रोड्नीले अल्बर्टा प्रान्तको पटक-पटक निर्वाचित सांसद र प्रान्तीय मन्त्रीको भूमिका समेत निर्वाह गरिसकेका छन् । 
 
कार्यक्रममा रोड्नीले आफू सगरमाथा आरोहण गर्दाको अनुभव सुनाए । उनले प्रेरणादायक प्रस्तुतिसहितको शब्द चित्र समेत प्रस्तुत गरे । 

कार्यक्रममा शेर्पाले हिमालय क्षेत्रको महत्त्व र आरोहणका बारेमा विचार राखे । कार्यक्रममा नेपालको सांगीतिक प्रस्तुति पनि प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा क्यानडास्थित नेपाली राजदूत भरतराज पौडेलले पठाएको शुभकामना सन्देश पनि प्रस्तुत गरिएको थियो। त्यसैगरी नेपाल टुरिजम बोर्डका तर्फबाट लक्ष्मण गौतम, ट्रेकिङ एजेन्सी अफ नेपाल (टान)का तर्फबाट रामचन्द्र सेढाइँ तथा त्रिभुवन विश्वविद्यालय पर्यटन तथा आतिथ्य सत्कार विभागबाट डा. पशुपति नेउपानेले पठाएका शुभकामना सन्देश भिडियोमार्फत प्रस्तुत गरिएको थियो । 

कार्यक्रममा क्यालगरीस्थित नेवा: समाज , तामाङ समाज, मगर समाज तथा सिनियर सोसाइटी अफ क्यालगरी (टस)का प्रतिनिधिहरूको पनि उपस्थिति थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्