३१ असार २०८३, बुधबार

राप्रपा नेपालका अध्यक्ष कमल थापासहित ६ जना पक्राउ [नामावलीसहित]

जेठ १८, २०८२
काठमाडौं
राप्रपा नेपालका अध्यक्ष कमल थापासहित ६ जना पक्राउ [नामावलीसहित]

काठमाडौंको नारायणचौरमा आज भएको प्रदर्शनका क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापासहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

निषेधित क्षेत्र तोड्न खाजेपछि उनीहरूलाई पक्राउ गरिएको प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।

पक्राउ परेकाहरूलाई हाल परिसरमा राखिएको उनले बताए ।

यसरी पक्राउ पर्नेमा थापासहित ललितपुरकी शिला राणा, भक्तपुर थिमीका राकेश बस्नेत, नुवाकोटका रामचन्द्र लामिछाने, टोखाका विनोद कपाली र भक्तपुरका सरोज तिमिल्सिना रहेका छन् ।

राजतन्त्रको पक्षमा राप्रपा, राप्रपा नेपाललगायतले केही दिनदेखि काठमाडौंमा प्रदर्शन गरिरहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्