२२ जेठ २०८३, शुक्रबार

हनीप्रीतले लेखिन् चिट्ठी : बैंक अकाउन्ट फ्रीज छ, वकिलको पैसा कसरी जुटाऊँ ?

मंसिर १९, २०७४
हनीप्रीतले लेखिन् चिट्ठी : बैंक अकाउन्ट फ्रीज छ, वकिलको पैसा कसरी जुटाऊँ ?

काठमाडौं, १९ मंसिर — दुई साध्वीलाई बलात्कार गरेको आरोपमा २० वर्षको कारावास सजाय भोगिरहेका डेरा सच्चा सौदा प्रमुख राम रहीमकी प्रियपात्र हनीप्रीतले कारागार प्रशासनलाई पत्र लेखेकी छन् ।

पत्रमा उनले आफूलाई आर्थिक समस्या परेको र आफूसँग केस लड्का लागि पैसा नभएको बताएकी छन । 

गत २५ अगस्टमा राम रहीमलाई दोषी ठहर गरिएपछि पञ्चकूलामा हिंसा मच्चिएको थियो । हनीप्रीतले हिंसा मच्चाउने षड्यन्त्र गरेको आरोप छ । 

हनीप्रीतले पत्रमा पञ्चकूला एसआईटीले चार्जशीट पेश गरिसकेको र केस अब पूर्पक्षमा रहेको लेखिन् । अब मुद्दा लड्नका लागि आफूसँग पैसा नभएको उनले लेखिन् । आफ्ना तीनै बैंक अकाउन्ट खुला गरिदिनुपर्ने उनको निवेदन छ ।

यसो नगरिएमा प्राइभेट लयर हायर गर्न नसक्ने किनकि उनलाई दिने पैसा आफूसँग नहुने उनको जिकिर छ । 

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्