
काठमाडौं, १९ मंसिर – भाइरल ज्वरो र झाडापखालाबाट ११ जनाको मृत्यु भएपछि मुगु जिल्लाको खप्त्याड गाउँपालिकामा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले अनुगमनका लागि उच्च स्तरीय टोलि पठाएको छ ।
भाइरल ज्वरोसंगै अन्य स्वास्थ्य समस्याका कारण ११ जनाको मृत्यु भएको खवर आएपछि रोग पत्ता लगाउन उच्च स्तरीय टोलि मुगु पठाइएको महाशाखाका निर्देशक डा. भिम आचार्यले बताए ।
उनले भने, ‘काठमाण्डौंबाट अध्ययनका लागि टोलि परिचालन गरीएको छ । कात्तिक ५ गते देखि हाल सम्म मुगुमा बिभिन्न रोगको प्रकोप फैलिएपछि रोगको अवस्था र प्रकार बुझ्न केन्द्रबाट बिशेषज्ञ सहितको टोलि परिचालन गरेका छौ ।’
अधययन टोलीसंगै जिल्ला अस्पताल मुगुबाट थप एक चिकित्सक आवश्यक औषधि सहित प्रभावित खप्त्याड गाउँपालिका बठाइएको भन्दै उनले रोग छिटै नियन्त्राणमा आउने बताए ।
एक महिना अघि देखि खप्त्याड गाउँपालिकामा भाइरल ज्वरोको कारण ११ जनाको मृत्यु भएको भइसकेको छ भने १ सय ८१ जना बिरामी परेका छन् ।
मुगुमा भाइलर ज्वारोको प्रकोप देखिएको र औषधी अभावको कारण विरामीको मत्यु भएको स्थानियले बताएका थिए ।