०५ साउन २०८३, मंगलबार

सन्दीपले तोडे नेदरल्यान्ड्सको महत्त्वपूर्ण साझेदारी

जेठ २१, २०८२
काठमाडौं
सन्दीपले तोडे नेदरल्यान्ड्सको महत्त्वपूर्ण साझेदारी

लेग स्पिनर सन्दीप लामिछानेले नेदरल्यान्ड्सविरुद्ध पहिलो ओभरमै विकेट लिएका छन् । 

एस ए इडवार्डस र विक्रमजित सिंहले गरेको ७२ रनको साझेदारी तोड्न सन्दीप सफल भएका हुन् । 

५६ बलमा ३८ रन बनाएका सिंहलाई सन्दीपले आरिफ शेखको हातबाट क्याचआउट गराए । 

२१.४ ओभरमा सन्दीपले विकेट लिएका हुन् । नेदरल्यान्डस्‌ले २३ ओभरमा ९० बनाउँदा ३ विकेट गुमाएको छ । 

१६ रन हुँदा दुई विकेट गुमाएको नेदरल्यान्ड्सको नेपालले ८८ रन हुँदा तेस्रो विकेट लियो । यसअघि करण केसी र सोमपाल कामीले एक/एक विकेट लिएका थिए । 

विश्व क्रिकेट लिग २ को पहिलो खेलमा नेपालले स्कटल्याण्डलाई १ विकेटले हराएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्