
चीनमा सबैभन्दा छिटो बिक्री भइरहेको इलेक्ट्रिक सवारी ब्रान्डमध्ये एक लिपमोटर, अहिले चीनको अत्यन्त प्रतिस्पर्धी न्यू इनर्जी भेहिकल (NEV) बजारमा तेस्रो स्थानमा पुगेको छ।
मे २०२५ को बिक्री तथ्याङ्कअनुसार लिपमोटरले ४५ हजार ६७ युनिट गाडी बिक्री गरेको छ। जुन गत वर्षको तुलनामा १४८.१ प्रतिशतले वृद्धि भएको हो ।
सन् २०२५ को पहिलो पाँच महिनामै कम्पनीले जम्मा १ लाख ७३ हजार ६५८ युनिट बिक्री गरिसकेको छ । जसले लिपमोटरलाई चीनका प्रमुख ईभी निर्माता ब्रान्डमध्ये एकको रूपमा स्थापित गराएको छ।
यो सफलताले लिपमोटरको अन्तर्राष्ट्रिय छवि थप मजबुत बनाएको छ र नेपालमा यसको यात्रा अझ बलियो बनाउँदैछ, जहाँ यो ब्रान्डको प्रतिनिधित्व साङ्ग्रिला मोटर्स प्रालिमार्फत गरिएको छ।
नेपाली ग्राहकहरूले वातावरणमैत्री र प्रविधि-सम्मत यातायात समाधान खोजिरहेका बेला लिपमोटरको सफलताले यहाँको बजारमा थप विश्वास र उत्साह ल्याएको छ।
मे २०२५ मा मात्रै लिपमोटरको बिक्री गत वर्षको तुलनामा १४८.१ प्रतिशतले बढेर ४५ हजार ०६७ युनिट पुगेको हो । यसै वर्षको कुल बिक्री १,७३,६५८ युनिट पुगेको छ, जुन १६०.८ प्रतिशतको वृद्धि हो ।
लिपमोटरको प्रमुख मोडेल C11 ले नवप्रवर्तन, सुरक्षा र मूल्यमा सहजता समेटेर धेरै ग्राहकको रोजाइमा पर्न सफल भएको छ।
लिपमोटरको यो उचाइ केवल बिक्रीको कुरा होइन, यो परिवर्तनशील विश्व मोटर उद्योगको संकेत हो । स्मार्ट डिजाइन, उन्नत प्रविधि र प्रतिस्पर्धात्मक मूल्यको कारण लिपमोटर चीनमा मात्र होइन नेपालमै पनि आधुनिक चालकहरूको रोजाइमा पर्न थालेको छ।