१६ असार २०८३, मंगलबार

उदयपुरमा सवारी दुर्घटना : तीन जना घाइते

जेठ २७, २०८२
उदयपुर
उदयपुरमा सवारी दुर्घटना : तीन जना घाइते

उदयपुरगढी गाउँपालिका–७ नागवेलीस्थित मदन भण्डारी राजमार्गमा मंगलबार बिहान भएको सवारी दुर्घटनामा चालकसहित तीन जना घाइते भएका छन्।

जिल्ला मालपोत कार्यालय उदयपुरको स १ झ ४८५ नम्बरको गाडी उदयपुरगढीबाट गाईघाटतर्फ आउँदै गर्दा बिहान करिब ८ बजेतिर अनियन्त्रित भई दुर्घटनामा परेको हो।

दुर्घटनामा परी त्रियुगा नगरपालिका–७ का ४८ वर्षीय चालक जित बहादुर कार्की, चौदण्डीगढी नगरपालिका–५ का ४० वर्षीय तेज नारायण साह (खरिदार, मालपोत कार्यालय), र उदयपुरगढी गाउँपालिका–५ की ४२ वर्षीया सरिता भण्डारी घाइते भएका छन्।

घाइतेहरुलाई प्रारम्भिक उपचारका लागि जिल्ला अस्पताल उदयपुरमा भर्ना गरिएको थियो। अवस्था गम्भीर भएपछि उनीहरुलाई थप उपचारका लागि विराटनगरस्थित न्यूरो अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

घटनापछि अस्थायी प्रहरी पोस्ट नेपालटारबाट प्र.स.नि. राम कुमार यादवको नेतृत्वमा खटिएको टोलीले घाइतेहरुको उद्धार गरी अस्पताल पुर्‍याएको थियो। दुर्घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

salt training

कमेन्ट गर्नुहोस्