२८ जेठ २०८३, बिहीबार

चार भारतीय अन्तरिक्ष यात्रीहरूको एक्सियम-४ मिसन फेरि स्थगित

जेठ २८, २०८२
काठमाडौं
चार भारतीय अन्तरिक्ष यात्रीहरूको एक्सियम-४ मिसन फेरि स्थगित

भारतीय अन्तरिक्ष यात्री शुभांशु शुक्लाको एक्सियम-४ मिसन फेरि स्थगित गरिएको छ। 'स्टैटिक फायर' परीक्षणपछि तरल अक्सिजन चुहावट पत्ता लागेपछि मिसन रोकिएको बीबीसी हिन्दीले जनाएको छ । 

चुहावट ठीक भएपछि मिसनलाई फेरि अनुमोदन गरिने इसरोले बताएको छ । साथै, स्पेसएक्सले चुहावट ठीक गरेपछि नयाँ प्रक्षेपण मिति घोषणा गर्ने बताएको छ।

मिसनअन्तर्गत, भारतीय वायु सेनाका समूह क्याप्टेन शुभांशु शुक्लालाई अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन अर्थात् आइएसएसमा पठाउने तयारी छ।

यसअघि शुभांशु शुक्ला जुन ८ मा अन्तरिक्ष स्टेशनको लागि प्रस्थान गर्ने कार्यक्रम थियो, तर खराब मौसमका कारण जुन ११ मा स्थगित गरिएको थियो।

salt training

कमेन्ट गर्नुहोस्