झापाको कचनकवल गाउँपालिका–७ बैगुनबारीमा करेन्ट लागेर एक वृद्धको ज्यान गएको छ।
मृत्यु हुनेमा ६५ वर्षीय किर्खनाथ खनाल रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
आज बिहान करिब ८:३० बजे आफ्नै बारीमा बाख्रा चराउन गएका खनालको करेन्ट लागेर मृत्यु भएको हो।
हात्तीले अन्नबाली नोक्सान नगरोस् भनेर आफ्नो बारी चारैतिर तारबार गरेर करेन्ट प्रवाह गरेका थिए। सोही तारमा छोइएपछि उनको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ।
घटनापछि थप अनुसन्धानका लागि प्रहरी निरीक्षक विजय चौहानको नेतृत्वमा झापाबाट प्रहरी टोली खटिएको जनाइएको छ।