११ असार २०८३, बिहीबार

हुम्लामा ११ वर्षीया बालिका ३ दिनदेखि बेपत्ता

जेठ २८, २०८२
हुम्ला
हुम्लामा ११ वर्षीया बालिका ३ दिनदेखि बेपत्ता

हुम्लाको सिमकोट गाउँपालिका– ७ धारापोरी गाउँकी एक बालिका तीन दिनदेखि बेपत्ता भएकी छन् ।

यही जेठ २६ गते पाँच जना साथीहरूसँग खेल्न गएकी सुनसरी सिंह बेपत्ता भएकी उनका बुवा देवी सिंहले बताए ।

विद्यालयदेखि फर्केपछि घरमा खाजा खाएर साथीहरूसँग खेल्न गएकी सुनसरी राति अबेरसम्म घर नफर्केपछि खोजी गर्दा भेट्टाउन नसकेको बुवा सिंहले बताए ।

परिवारका सदस्य र स्थानीयले खोजी गर्दा नभेटिएपछि २७ गते बिहान प्रहरीलाई खोजतलासका लागि आग्रह गरेको उनले बताए ।

बेपत्ता बालिकाको खोजीका लागि जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक जेवी सिंहको नेतृत्वमा सिमकोटबाट तीन जना र धारापोरी प्रहरीचौकीको टोली खटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेलले बताए ।

बेपत्ता बालिका कर्णाली माध्यमिक विद्यालय कक्षा ४ मा अध्ययनरत थिइन् ।

salt training

कमेन्ट गर्नुहोस्