१० असार २०८३, बुधबार

एमजीले नेपाली बजारमा भित्र्यायो अपग्रेडेड ‘कमेट ईभी’, के छन् विशेषता ?

जेठ २८, २०८२
काठमाडौं
एमजीले नेपाली बजारमा भित्र्यायो अपग्रेडेड ‘कमेट ईभी’, के छन् विशेषता ?

एमजी गाडीको आधिकारिक वितरक प्यारामाउन्ट मोटर्सले नयाँ एमजी कमेट ईभी नेपाली बजारमा सार्वजनिक गरेको छ । 

आधुनिक शहरी जीवनशैलीलाई मध्यनजर गरि डिजाइन गरिएको यो इलेक्ट्रिक गाडी भविष्यदर्शी डिजाइन, अत्याधुनिक प्रविधि, दिगो इञ्जिनियरिङ र उत्कृष्ट सुरक्षाको संयोजन हो, जसको कम्प्याक्ट आकारमा पर्याप्त स्पेस रहेको छ ।

एमजीको बिको (BICO) (भित्र फराकिलो, बाहिर कम्प्याक्ट) डिजाइन दर्शनबाट प्रेरित कमेट ईभीमा चार सिट क्षमता  छ । बाहिरी रूपमा सानो देखिए पनि भित्री हिस्सा पर्याप्त फराकिलो स्पेस रहेको कम्पनीले जनाएको छ । 

५०:५० अनुपातमा स्प्लिट भएका पछाडिका सिटहरूले यात्राको आराम बढाउँदै दैनिक यात्रा, शहरी आवागमन र छोटो दूरीका यात्रालाई सहज बनाउने कम्पनीको भनाइ छ । 

अपग्रेड गरिएका फिचरहरू
रियर पार्किङ क्यामेरा
शहरी क्षेत्रमा पार्क गर्न सजिलो बनाउने प्रविधि

फास्ट चार्जिङ (7 kW)
३.५ घण्टामै शून्य प्रतिशतबाट १०० प्रतिशत चार्ज हुने- छिटो, सहज र प्रभावकारी

पावर फोल्डेबल साइड मिरर (ORVMs)
स्टाइल र स्पेस दुवै ध्यानमा राखिएको डिजाइन

सक्षम, भरपर्दो र यात्राको लागि तयार
कमेट ईभीमा १७.३ किलोवाट क्षमता भएको प्रिज्मेटिक सेल साथ आउने लिथियम आएन ब्याट्री जडित छ, जसले एकपटक चार्ज गर्दा अराइ (ARAI) प्रमाणित २३० किलोमिटरसम्मको रेन्ज प्रदान गर्छ । आईपी ६७ (IP67) रेटिङ भएको यो ब्याट्री धुलो र पानीबाट सुरक्षित र ३९ वटा सुरक्षा परीक्षण सफलतापूर्वक पास गरेको छ ।

उन्नत प्रविधि र आधुनिक सुविधाको मिलन  
कमेट ईभीमा १०.२५ को डुअल स्क्रिन (इन्फोटेन्मेन्ट टचस्क्रिन र डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर)को सुविधा रहेको छ, जसले भित्री भागलाई अत्याधुनिक र आकर्षक बनाउँछ । साथै, स्मार्ट कीको सुविधा समेत दिइएको यस ईभीले प्रयोगकर्ताको अनुभवलाई अझ सहज बनाउँछ ।

कम्पनीका अनुसार एमजी कमेट ईभीमा विभिन्न सुरक्षा फिचरहरू उपलब्ध छन्, जस्तै: डुअल फ्रन्ट एअरब्याग, एबीएस र ईबीडी उपलब्ध छन् । 

अगाडिको र पछाडिको ३-पोइन्ट सिटबेल्ट, रियर पार्किङ क्यामेरा र सेन्सर, टीपीएमएस (टायर प्रेसर मनिटरिङ सिस्टम- इनडाइरेक्ट), आईएसओएफआईएक्स चाइल्ड सिट एन्कर रहेका छन् । 

गाडीको स्ट्रक्चरमा १७ वटा हट-स्ट्याम्पिङ प्यानल प्रयोग गरिएको छ, जसले गाडीको मजबुती र यात्रु सुरक्षामा सहयोग गर्ने कम्पनीको भनाइ छ । 

वारेन्टी र सेवा
ईभी ब्याट्रीमा ८ वर्ष / १,२०,००० किमीको वारेन्टी

हाई-भोल्टेज कम्पोनेन्टमा ३ वर्ष / १,००,००० किमी वारेन्टी

एमजीका सेवा केन्द्रहरू काठमाडौं (कुसुन्ती, सुकेधारा), भक्तपुर, विराटनगर, विर्तामोड, बुटवल, भैरहवा, दाङ, पोखरा, वीरगञ्ज, नेपालगञ्ज र धनगढी जस्ता नेपालका प्रमुख क्षेत्रमा उपलब्ध छन् ।

चार्जिङ स्टेशनहरू काठमाडौं, विर्तामोड, विराटनगर, चितवन, बर्दिबास, सिन्धुली, पोखरा, कुरिनटार, मुलकोट, बुटवल, वीरगञ्ज, इटहरी, जनकपुर र ढल्केवरमा सञ्चालनमा छन् ।

हरित भविष्यका निम्ति स्मार्ट विकल्प
एमजी कमेट ईभी स्मार्ट साइज, आधुनिक फिचर, सुरक्षामा प्रतिबद्धता र भरपर्दो सेवा सुविधासँगै नेपालको दिगो शहरी यातायातको भविष्यसँग पूर्ण रूपमा मेल खाने कम्पनीको भनाइ छ । 

salt training

कमेन्ट गर्नुहोस्