०३ साउन २०८३, आइतबार

पोखरामा दुईवटा प्याराग्लाइडिङ दुर्घटना, चार जनाको सकुशल उद्धार

जेठ २८, २०८२
काठमाडौं
पोखरामा दुईवटा प्याराग्लाइडिङ दुर्घटना, चार जनाको सकुशल उद्धार

पोखरामा प्याराग्लाइडिङ अवतरण गर्ने क्रममा दुर्घटना परेको छ । दुर्घटनामा परेका चार जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।

पोखरा महानगरपालिका–१८ तोरेपानीबाट उडेका २ वटा प्याराग्लाइडिङ ल्याडिङ गर्ने क्रममा अनियन्त्रित भई फेवातालको बीच भागमा खसेका थिए ।

दुर्घटना लगत्तै सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट फेवा रेस्क्यु टावरमा खटिएको सुरक्षा फौजले उनीरूलाई दिउँसो करिब ३ बजेतिर सकुशल उद्धार गरेको हो ।

उद्धार गरिएकाहरूमा भारतको बनारस घर बताउने ४१ वर्षीय अकलेस यादव र ३५ वर्षीय चन्दन कुमार पटेल तथा अग्नि प्याराग्लाइडिङका पाइलट ३० वर्षीय मिलन शाह र ह्याप्पी फ्लाई प्याराग्लाइडिङका पाइलट २८ वर्षीय विश्वास अधिकारी छन् ।

salt training

कमेन्ट गर्नुहोस्