
अत्यधिक गर्मीले पठनपाठनमा समस्या भएपछि वीरगञ्ज महानगरले दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
वीरगञ्ज महानगरका शैक्षिक प्रशासन महाशाखा प्रमुख आनन्द लामिछानेले विगत केही दिनदेखिको बढ्दो गर्मीलाई मध्यनजर गर्दै बालबालिकाको स्वास्थ्यमा पर्नसक्ने प्रतिकूल असरलाई ध्यान दिँदै जेठ २९ र ३० गते दुई दिन बिदा दिने निर्णय गरेको जानकारी दिए ।