१६ असार २०८३, मंगलबार

अहमदाबाद विमान दुर्घटना : ट्राफिक जामका कारण लन्डन जाने फ्लाइट छुटेकी भूमि चौहान जोगिइन्

जेठ २९, २०८२
काठमाडौं
अहमदाबाद विमान दुर्घटना : ट्राफिक जामका कारण लन्डन जाने फ्लाइट छुटेकी भूमि चौहान जोगिइन्

गुजरातको अहमदाबादस्थित सरदार बल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट लन्डनका लागि उडान भर्ने तयारीमा रहेको एयर इण्डियाको विमान दुर्घटनाग्रस्त भएपछि ठूलो जनधनको क्षति भएको छ। प्रारम्भिक रिपोर्टहरू अनुसार दुर्घटनामा २०० भन्दा बढी यात्रुहरूको मृत्यु भएको अनुमान गरिएको छ।

तर यस्तै विपत्तिबाट जोगिन सफल भएकी एक व्यक्तिका रुपमा भूमि चौहानको नाम अगाडि आएको छ। उनी लन्डन उड्न लागेकी यात्रु मध्ये एक थिइन्, तर अहमदाबादको ट्राफिक जामका कारण करिब १० मिनेट ढिला गरी विमानस्थल पुगेकीले उनको उडान छुटेको थियो।

भारतीय मिडियासँग कुराकानी गर्दै भूमि चौहानले भनिन्, “उडान दिउँसो १:१० बजे तय गरिएको थियो। म विमानस्थल समयमै पुग्न नसकेकीले बोर्डिङको अनुमति दिइएन। त्यसबेला निराश लागे पनि अहिले लाग्छ कि त्यही ट्राफिकले मलाई जीवनदान दियो।”

दुर्घटनामा यात्रु वा चालक दलका सदस्यहरू जीवित रहेको सम्भावना एकदमै न्यून रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। घटनाको विस्तृत विवरण र पुष्टि भने सम्बन्धित निकायहरूले अनुसन्धानपश्चात दिने बताइएको छ।

salt training

कमेन्ट गर्नुहोस्