
एयर इन्डियाको बोइङ ७८७ ड्रीमलाइनर विमान बिहीबार दिउँसो अहमदाबादमा दुर्घटनाग्रस्त हुँदा २४१ जनाको मृत्यु भएको छ । विमानमा १२ जना चालक दलका सदस्यसहित २४२ जना सवार थिए। अहिलेसम्म एक जना मात्र यात्रु दुर्घटनामा बाँचेको र बाँकी सबैको मृत्यु भएको दैनिक भास्करले बिहीबार राति आफ्नो रिपोर्टमा उल्लेख गरेको छ ।
भारतीय मूलका ब्रिटिश नागरिक रमेश विश्वास कुमार बाँचेका हुन् । उनी विमानको ११-ए सिटमा बसेका थिए। उनको भिडियो पनि सार्वजनिक भएको छ।
एयर इन्डियाको उडान नम्बर एआई-१७१ अहमदाबादबाट लन्डन जाँदै थियो। विमानमा १६९ भारतीय, ५३ जना ब्रिटिश, ७ जना पोर्चुगिज र एक जना क्यानेडियन नागरिक सहित जम्मा २३० जना यात्रु थिए। जसमा १०३ पुरुष, ११४ महिला, ११ बालबालिका र २ नवजात शिशु थिए। बाँकी १२ जना चालक दलका सदस्य थिए।