
मध्यपूर्वमा फेरि तनाव बढेको छ । इजरायली वायुसेनाले इरानमा आक्रमण शुरू गरेपछि तनाव बढेको हो ।
इरानको राजधानी तेहरानको उत्तरपूर्वमा विस्फोटहरू भएको रिपोर्ट गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । इरानी राज्य मिडिया आउटलेट आईआरएनएले तेहरानमा बारम्बार विस्फोटहरू सुनिएको रिपोर्ट गरेको छ।
अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै अलजजीराले पनि इजरायलले इरानमा आक्रमण गरेको जनाएको छ ।
सीएनएनले इजरायली सेनालाई उद्धृत गर्दै इरानको आणविक कार्यक्रम र अन्य सैन्य लक्ष्यहरूलाई लक्षित गरेर इजरायलले आक्रमण गरेको बताएको छ । इरानमाथि इजरायलको आक्रमणले देशको आणविक कार्यक्रम र यसको लामो दूरीको क्षेप्यास्त्र क्षमतालाई लक्षित गरेको इजरायली सैन्य अधिकारीले बताएको समाचारमा उल्लेख छ।
इजरायली सेनाले अहिलेसम्म आक्रमणको सार्वजनिक रूपमा पुष्टि गरेको छैन । तर एक्समा एक पोस्टमा सेनाले इजरायलको नागरिक र सार्वजनिक सुरक्षा दिशानिर्देशहरू परिवर्तन गरिएको जनाएको छ । आवश्यक व्यवसायहरूबाहेक शैक्षिक गतिविधि, भेला र ठूला कार्यस्थल गर्न प्रतिबन्ध लगाइएको छ ।
इजरायलका लागि अमेरिकी राजदूत माइक हुकाबीले शुक्रबार बिहान इरानमाथि इसारेलको आक्रमणपछि जेरुसेलमस्थित दूतावासले स्थितिलाई नजिकबाट नियालिरहेको बताए।
इजरायलले इरानमा गरेको आक्रमणमा कुनै अमेरिकी संलग्नता वा अमेरिकी सहयोग नभएको बताएको छ ।
अमेरिकाले भने आक्रमणबाट आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पारेको छ ।