०५ असार २०८३, शुक्रबार

आज दुई वटा संसदीय समितिको बैठक बस्दै

जेठ ३०, २०८२
काठमाडौं
आज दुई वटा संसदीय समितिको बैठक बस्दै

प्रतिनिधिसभा अन्तर्गत रहेका अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति र उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक आज बस्ने भएको छ । 

बिहान १०ः३० बजे बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको ४१औं बैठकमा वैदेशिक भ्रमण लगायत समसामयिक विषयहरूमा परराष्ट्र मन्त्रालयसँग छलफल गरिने कार्यसूची रहेको छ । 

यसैगरी, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बिहान ८ बजे बस्दैछ । 

बैठकमा द्विपक्षीय श्रम सम्झौता भएको मुलुकमा बैदेशिक रोजगारीका लागि नेपाली घरेलु कामदार पठाउने सम्भावनाका सम्बन्धमा छलफल गरिने कार्यसूची रहेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्