काठमाडौं, ६ माघ — अमेरिकाका राष्ट्रपति बाराक ओबामाको कार्यकाल सकिन एक दिन मात्र बाँकी छ । आठ वर्ष अमेरिकाका राष्ट्रपतिका रूपमा यी अश्वेत नेताले ह्वाइट हाउसमा निवास गरे ।

ह्वाइट हाउस छोड्न लाग्दा ओबामा परिवार त भावुक भयो नै, अमेरिकी जनता पनि भावुक बने । अघिल्लो हप्ता जर्ज डब्ल्यु बुशका दुई छोरीहरूले ओबामाका दुई छोरीलाई भावुक चिट्ठी लेखेका थिए ।
बुधवार प्रथम महिला मिशेल ओबामाले भिडियो पोस्ट गरेकी छन् । भिडियोमा उनले ह्वाइट हाउसको यात्रा गरेको देखिन्छ र उनी यात्राका क्रममा भावुक देखिन्छिन् ।
ओबामाको अन्तिम दिनमा मिशेल र छोरीहरू साशा र मालिया ह्वाइट हाउसबाट बाहिर निस्किने तर्खर गर्दैछन् ।
ह्वाइट हाउसबाट निस्केपछि ओबामा दुई माइल पर रहेको एक घरमा भाडामा बस्नेछन् ।
हेरौं भिडियो :एजेन्सी