
चालु आर्थिक वर्ष २०८१/८२ का लागि स्टार्टअप उद्यम कर्जा वितरण सुरु भएको छ । स्टार्टअप उद्यम कर्जाका लागि छनोट भएका ६६१ जनामध्ये ८१ जना उद्यमीले नौ करोड सात लाख रुपियाँ लिएको औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले जनाएको छ । त्यस्तै एक सय जनाले कर्जा लिन खाता खोलेको प्रतिष्ठानले जनाएको छ ।
प्रतिष्ठानका कार्यकारी निर्देशक उमेश गुप्ताले आगामी असारभित्र छनोट भएका सबै उद्यमीलाई कर्जा प्रवाह गरिसक्ने जानकारी दिए । छनोटमा परेका उद्यमीले न्यूनतम पाँच लाखदेखि २५ लाख रुपियाँसम्म कर्जा वितरण गरिएको गोरखापत्रमा खबर छ ।