१२ साउन २०८३, मंगलबार

मोटरसाइकल दुर्घटनामा प्रहरी सहायक हवल्दारको मृत्यु, छोरा र श्रीमती घाइते

असार १, २०८२
विराटनगर
मोटरसाइकल दुर्घटनामा प्रहरी सहायक हवल्दारको मृत्यु, छोरा र श्रीमती घाइते

मोरङको कानेपोखरीमा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ । 

शनिबार राति ८ बजे मोरङको कानेपोखरी गाउँपालिका-७ डाँसखोला पुलको डाइभर्सनमा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी सहायक हवल्दार ३१ वर्षीय जितेन्द्र चौधरीको मृत्यु भएको हो ।

प्र १–०२–०४३ प २४७१ नम्बरको मोटरसाइकलमा छोरा र श्रीमतीसहित चौधरी पथरीबाट कानेपोखरीतर्फ आउँदै गर्दा डाइभर्सनमा अनियन्त्रित भई मोटरसाइकल दुर्घटना भएको थियो ।

दुर्घटनामा गम्भीर घाइते चौधरीको मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर उर्लाबारीमा  उपचारका क्रममा मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।

बेलबारी नगरपालिका-४ घर भएका चौधरी प्रहरी चौकी जमुना इलाममा कार्यरत थिए । दुर्घटनामा उनकी श्रीमती प्रहरी चौकी जमुना इलाममै कार्यरत २६ वर्षीया प्रहरी जवान विमला धिमाल चौधरी र दुई वर्षीय छोरा जेशन चौधरी गम्भीर घाइते छन् । 

उनीहरूको नोबेल मेडिकल कलेज विराटनगरमा भइरहेको छ ।

कमेन्ट गर्नुहोस्