१४ असार २०८३, आइतबार

इजरायल-इरान युद्धका कारण बंकरमा विराटनगरका मेयर, स्वदेश फर्कने मिति अनिश्चित

असार २, २०८२
विराटनगर
इजरायल-इरान युद्धका कारण बंकरमा विराटनगरका मेयर, स्वदेश फर्कने मिति अनिश्चित

विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला इजरायल–इरान युद्धका कारण इजरायलमै अड्किएका छन्। सहकारी अभ्यासको अध्ययनका लागि इजरायल पुगेका मेयर कोइराला अहिले सुरक्षाका लागि बंकरमा बस्दै आएका छन् ।

युद्ध चर्किएपछि अन्तर्राष्ट्रिय सीमा नाका बन्द गरिएकाले उनी  स्वदेश फर्किन नसकेका हुन् । मेयर कोइरालाले आफू इजरायलको राजधानीबाट ३० किलोमिटर दूरीमा रहेको सेफाइम शहरमा सुरक्षित रहेको जानकारी दिए। 

उनीसँगै टोलीमा फिलिपिन्सका दुई सांसदसहित कूल १७ जना जनप्रतिनिधि छन्।  इजरायली सरकारले नै  अहिले बंकरमा राखेको उनले बताए । 

मेयर कोइरालाको जेठ ६ गते नेपाल फर्कने कार्यक्रम रहेको थियो। तर इजरायलमा आपतकाल लागू गरेर विमानस्थलहरू बन्द गरिएकाले फर्कने मिति अनिश्चित भएको उनले बताए । 

अन्य समयमा बाहिर बसे पनि खतराको संकेत स्वरूप साइरन बजेपछि बंकरमा बस्नुपर्ने नियम रहेको उनले बताए । आफूलाई इजरायलस्थित नेपाली राजदूत धनप्रसाद पण्डितले भेटेको र परराष्ट्रमन्त्री आरजु राणा देउवासँग पनि कुराकानी भएको मेयर कोइरालाले बताए।

salt training

कमेन्ट गर्नुहोस्